आईतवार, फाल्गुन ११,२०८१ 02:59:39
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:59:39
IME remit
Global IME Bank Limited

आगामी आ.ब.को सुरुवातमै बोनस घोषणा गर्न दिने प्राधिकरणको सहमतिपछि सिटिजन लाइफको ‘अन्तरिम लाभांश’ रद्द !

Hyundai Nepal
आगामी आ.ब.को सुरुवातमै बोनस घोषणा गर्न दिने प्राधिकरणको सहमतिपछि सिटिजन लाइफको ‘अन्तरिम लाभांश’ रद्द !
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गरेर बीमा प्राधिकरणको निर्देशनपछि रद्द भएको बोनस सेयरसहितको बम्पर लाभांश प्रस्ताव सम्बन्धी प्रक्रिया अर्को आर्थिक वर्षको सुरुवातमै पुनः अगाडि बढाउने भएको छ ।  

सिटिजन लाइफ इन्स्योरेन्सले सोमबार आईपीओ निश्कासन गर्दाताका संकलन भएको सेयर प्रिमियमबाट प्राप्त रकमबाट बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्याउने उद्देश्यले गत आर्थिक वर्षका लागि २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत अन्तरिम लाभांश प्रस्ताव गरेको थियो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीले गत आर्थिक वर्षका लागि यसअघि नै अर्को लाभांश समेत प्रस्ताव गरी साधारणसभाबाट पारित गरिसकेको थियो । यसैलाई कारण देखाउँदै बीमा प्राधिकरणले विभिन्न पक्षको दवाब र विरोधपछि घोषित लाभांश रद्द गर्न निर्देशन दिएको थियो । सो निर्देशनपछि सिटिजन लाइफले मंगलबार बिहान एक सूचना प्रकाशित गरी घोषित लाभांश रद्द भएको प्रष्ट पारेको थियो।  

कम्पनीले ‘बम्पर लाभांश’ प्रस्ताव गरेपछि सोमबार सेयरमूल्यमा पनि प्रभाव परेको थियो । करिब ३३ करोडको दोश्रो बजारमा यो कम्पनीको कारोबार समेत भएको थियो । सेयर लगानीकर्ताले आफूहरुलाई अन्यौलमा पार्ने गरी कम्पनीले लाभांश घोषणा गरेको र एकाएक रद्द गर्ने अवस्था बनेको भन्दै विरोध गरिरहेका छन् ।  

कतिपयले सिटिजन लाइफको सञ्चालक समितिको एक्लो प्रयासमा मात्रै लाभांश घोषणा नभएको र यसमा बीमा प्राधिकरणको समेत मिलेमतो रहेको दाबी गरेका थिए । सिटिजन लाइफ र प्राधिकरणकै मिलेमतोमा सिटिजन लाइफको सेयरमूल्यमा चलखेल गर्न खोजिएकोसम्मको आरोप लागिरहेकै बेला कम्पनीका उच्च अधिकारीहरुले पनि बीमा प्राधिकरणकै सहमतिमा लाभांश घोषणा गरिएको प्रष्ट पारेका छन् ।  

कम्पनीका एक उच्च अधिकारीले बीमा प्राधिकरणको सहमतिपछि नै आफूहरुले लाभांशसम्बन्धी निर्णय गरी त्यो सूचना नेप्सेमार्फत सार्वजनिक गरेको प्रष्ट पारे । नाम सार्वजनिक नगर्न आग्रह गर्दै ती अधिकारीले लाभांश सम्बन्धी प्रस्तावको सूचना प्रकाशित गर्नुअघि प्राधिकरणलाई जानकारी गराइएको र स्वीकृति समेत आइसकेको अवस्थामा पछि विभिन्न दवाबमा परी प्राधिकरणले रद्द गर्न दवाब दिएको प्रष्ट पारेका छन् । ‘प्राधिकरणकै सहमतिपछि हामीले सो निर्णयको विषयमा नेप्सेलाई पत्र लेखेका हौं ।’ ती अधिकारीले थपे–‘हाम्रो उद्देश्य प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी समयमै पुर्याउने भन्ने मात्र हो । त्यसैले बोनस सेयर सम्बन्धी निर्णय गरेका थियौं ।’  

उनकाअनुसार अन्तरिम लाभांश सम्बन्धी निर्णय रद्द गराउनुपूर्व प्राधिकरणसँग छलफल भएको र यो आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी रहेकोले हाललाई स्थगन गर्ने अनुरोध आएकोले सोहीअनुसार गरिएको हो । प्राधिकरणबाट चालु आर्थिक वर्षको लेखापरीक्षण रिपोर्ट आएलगत्तै चुक्तापूँजी पुर्याउने हिसाबले बोनस सेयरसहितको लाभांश घोषणाका लागि सहजीकरण गर्ने वचनबद्धता आएको समेत ती अधिकारीले दाबी गरे । ‘हामीले बोनस सेयरबाटै तोकिएको न्यूनतम पूँजी पुर्याउन खोजेका थियौं, प्राधिकरणले आगामी आर्थिक वर्षको सुरुवातमै त्यसका लागि सहजीकरण गरिदिने भनेपछि हामीले हाललाई लाभांश रद्द गरेका हौं ।’ ती अधिकारीले भने–‘अहिले स्थगित लाभांश ३–४ महिनापछि पुनः घोषणा गरी पूँजी पुर्याइनेछ ।’  

यसैबीच, सिटिजन लाइफ इन्स्योरेन्सको सञ्चालक समिति, उच्च व्यवस्थापन र बीमा प्राधिकरणका अधिकारीहरुको अपरिपक्वताका कारण अन्तरिम लाभांश घोषणा भएको र २४ घण्टा नबित्दै पुनः रद्द भएको भन्दै सोमबार दोश्रो बजारमा भएको कम्पनीको सेयर कारोबार रद्द गर्नुपर्ने सेयर लगानीकर्ताहरुले माग गरिरहेका छन् ।  

नेपाल स्टक एक्सचेञ्जले समेत नेपाल धितोपत्र बोर्डको सहमति लिएर लाभांश घोषणा भएको दिनको सेयर कारोबार रद्दको प्रयास गरिरहेको सूचना प्राप्त भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.