काठमाण्डौ। आइतबार बिहान केही समय अवरुद्ध भएको काठमाण्डौ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।
रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै पोखरा तथा काठमाडौं जाने र ती स्थानबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाएको थियो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा बाढीको बहाव तत्काल जोखिमपूर्ण नरहेको जानकारी गराएपछि सडकमा यातायात सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ।
सडक पुनः सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्। यद्यपि, वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रु तथा चालकलाई सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।