शनिबार, कार्तिक ७,२०८३ 08:19:03
  • शनिबार, कार्तिक ७,२०८३ 08:19:03
Global IME Bank Limited

अवरुद्ध काठमाण्डौ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा

Bizshala
अवरुद्ध काठमाण्डौ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा
New Office

काठमाण्डौ। आइतबार बिहान केही समय अवरुद्ध भएको काठमाण्डौ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।

रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै पोखरा तथा काठमाडौं जाने र ती स्थानबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा बाढीको बहाव तत्काल जोखिमपूर्ण नरहेको जानकारी गराएपछि सडकमा यातायात सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ।

सडक पुनः सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्। यद्यपि, वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रु तथा चालकलाई सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.