नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्दा यातायात प्रभावित, एकतर्फी सञ्चालन
काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा सोमबार बिहान ढुङ्गा खसेपछि यातायात सेवा प्रभावित भएको छ। हाल उक्त सडकमा सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।हाल ढुङ्गा पन्छाउने कार्य तत्काल सुरु गरिएको छ। थप ढुङ्गा नखसेको अवस्थामा सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन धेरै समय नलाग्ने जनाइएको छ ।

