बिहीबार, भाद्र १८,२०८३ 11:32:55
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 11:32:55
Bizshala
Global IME Bank Limited

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्यो, नयाँ पुलबाट यातायात नियमित

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्यो, नयाँ पुलबाट यातायात नियमित
New Office

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोला पुल नजिकै सडकमा माथिबाट ढुंगा खसेको छ। बिहीबार बिहान पुल नजिकैको ढिकबाट स–साना ढुंगा सडकमा खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सडक डिभिजन कार्यालयले बिहान ९ः३५ बजे सूचना जारी गर्दै सडकमा खसेका ढुंगा पन्छाउने तयारी भइरहेको जनाएको छ। स–साना ढुंगा मात्रै खसेकाले तिनलाई हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन धेरै समय नलाग्ने कार्यालयले स्पष्ट पारेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

ढुंगा खसेपछि पुरानो सडक प्रभावित भए पनि सोही स्थानमा निर्माण गरिएको नयाँ पुलबाट सवारीसाधनको आवागमन नियमित रूपमा भइरहेको छ। त्यसैले यात्रुहरू बीच बाटोमै रोकिनुपर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ।

यद्यपि, सडकको माथिल्लो भागबाट थप ढुंगा खस्ने जोखिम कायमै रहेकाले उक्त सडकखण्ड प्रयोग गर्ने चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.