सोमबार, कार्तिक ९,२०८३ 12:13:49
  • सोमबार, कार्तिक ९,२०८३ 12:13:49
Global IME Bank Limited

नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हालका लागि स्थगित

Bizshala
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हालका लागि स्थगित
New Office

काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स प्रा।लि।, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रालिको संयुक्त आयोजनामा आगामी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ’नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौं ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हाल नेपालमा आएको विनाशकारी बाढी पहिरोका कारण सिंगो देश अत्यन्तै कठिन र दुःखी परिस्थितिबाट गुजरिरहेको छ । प्राकृतिक विपत्तिले पुर्याएको ठूलो जनधनको क्षति र नागरिकहरूले भोग्नुपरेको अपार कष्टका बिच व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु हाम्रा लागि मानवीय दृष्टिकोणले पनि उचित देखिएन । 

देश राष्ट्रिय शोक र पुनर्निर्माणको यस संवेदनशील घडीमा हुनुका साथै नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकहरूका लागि जारी गरेको ट्राभल एडभाईजरीलाई ध्यानमा राख्दै आयोजकले यो कठिन निर्णय लिएको हो । सहभागी, प्रदर्शक, र आगन्तुकहरूको सुरक्षा तथा यात्राको सहजता हाम्रो पहिलो प्राथमिकता भएकाले यो आयोजना हाललाई स्थगित गरिएको हो ।

अवस्था सामान्य भई यातायात र पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.