Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 07:41:00
Bizshala
Global IME Bank Limited

केरुङ सीमाक्षेत्रमा अनधिकृत ड्रोनको चहलपहल, उद्धार हेलिकप्टर उडानमा जोखिम

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गर्‍यो ‘नोटाम’, सीमाबाट १० किलोमिटर दक्षिणसम्म विशेष सावधानी

केरुङ सीमाक्षेत्रमा अनधिकृत ड्रोनको चहलपहल, उद्धार हेलिकप्टर उडानमा जोखिम
New Office

 

काठमाण्डौ । नेपाल–चीन सीमा नजिक केरुङ आसपासको नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढेपछि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत उडान प्रभावित भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत ड्रोन उडानले हेलिकप्टर सञ्चालनमा जोखिम बढाएको भन्दै सम्बन्धित क्षेत्रका लागि ‘नोटाम’ जारी गरेको छ।

प्राधिकरणका अनुसार अनुमति नलिई उडाइएका ड्रोनका कारण उद्धार र राहतमा परिचालित हेलिकप्टरको उडान सुरक्षित रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

यसअघि पनि सरकारले बाढी प्रभावित क्षेत्रमा अनुमतिबिनाका ड्रोन उडानले उद्धार हेलिकप्टरको गतिविधिमा असर पुगेको जनाएको थियो। त्यही समस्या आइतबार पुनः देखिएपछि प्राधिकरणले पाइलटहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो।

प्राधिकरणले केरुङ सीमाबाट करिब १० किलोमिटर दक्षिणतर्फको क्षेत्रमा उद्धार उडान गर्दा अतिरिक्त सावधानी अपनाउन भनेको छ।

Bizshala
CG Motors

बाढीपछि रसुवा र आसपासका दुर्गम क्षेत्रमा स्थलमार्ग अवरुद्ध हुँदा हेलिकप्टर उद्धार तथा राहतको महत्वपूर्ण माध्यम बनेको छ। यस्तो अवस्थामा आकाशमा अनियन्त्रित रूपमा ड्रोन उडाउनु हेलिकप्टरसँग ठोक्किने जोखिमदेखि उडान रद्द वा डाइभर्ट गर्नुपर्ने अवस्थासम्म निम्त्याउन सक्ने भएकाले सुरक्षा चुनौती बढेको छ।

उद्धारजस्तो संवेदनशील काम चलिरहेका बेला सम्बन्धित निकायको स्वीकृतिबिना ड्रोन नउडाउन प्राधिकरणले आग्रह गरेको छ।

विपद् प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार उडानलाई प्राथमिकता दिनुपर्ने भएकाले सर्वसाधारण तथा निजी ड्रोन सञ्चालकले उड्डयन सुरक्षासम्बन्धी निर्देशन कडाइका साथ पालना गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.