बुधबार, भाद्र १७,२०८३ 09:37:14
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 09:37:14
Bizshala
Global IME Bank Limited

बाढी पहिरोले देशभरका मुख्य सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

बाढी पहिरोले देशभरका मुख्य सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध
New Office

काठमाण्डौ । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–काठमाण्डौ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक रहने जनाएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिनेछ।

रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड अर्को सूचना जारी नभएसम्म बन्द रहने प्रहरीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नुवाकोटमा पनि बाढी तथा पहिरोका कारण विभिन्न सडक प्रभावित भएका छन्। टोखा–छहरे सडकखण्ड, पासाङल्हामु सडकखण्ड तथा विदुर–लच्याङ सडकमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। तीमध्ये केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

धादिङमा पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट–रोराङ गाउँपालिका र गजुरी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। पछिल्लो विवरणअनुसार बेनीघाट–रोराङ क्षेत्रमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ।

यसैगरी, गण्डकी प्रदेशको लमजुङ, कर्णाली प्रदेशको मुगु र सुदूरपश्चिम प्रदेशको बैतडीमा समेत पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४, ताल्चा क्षेत्रमा मुगु–गमगढी सडक पहिरोका कारण अवरुद्ध भएको छ। बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रमा गोठालापानी–झुलाघाट सडकखण्डसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढी, पहिरो तथा मौसमका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र आवागमन गर्न आवश्यक छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.