बुधबार, आश्विन ७,२०८३ 07:14:06
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 07:14:06
Bizshala
Global IME Bank Limited

बाढीपीडितको उद्धार तथा राहतका लागि हिमालयन लघुवित्तद्वारा ५ लाख सहयोग

Bizshala
बाढीपीडितको उद्धार तथा राहतका लागि हिमालयन लघुवित्तद्वारा ५ लाख सहयोग
New Office

काठमाण्डौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थाले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, सरकारी तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी र परिवारजनले भोग्नुपरेको पीडा तथा कठिनाइप्रति संस्थाले गहिरो सहानुभूति व्यक्त गरेको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उद्धार तथा राहत कार्यमा निरन्तर खटिरहेका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूप्रति संस्थाले हार्दिक धन्यवादसमेत व्यक्त गरेको छ।

प्राकृतिक विपद्को यस दुःखद् घडीमा प्रभावित समुदायसँग संस्थाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो।

संस्थाले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.