बिहीबार, भाद्र १८,२०८३ 05:01:07
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 05:01:07
Bizshala
Global IME Bank Limited

सीमित बजेटमा आधुनिक घर निर्माणको योजना, दशैंअघि सम्झौता गर्ने ग्राहकलाई ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क

सीमित बजेटमा आधुनिक घर निर्माणको योजना, दशैंअघि सम्झौता गर्ने ग्राहकलाई ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क
New Office

काठमाण्डौ । आफ्नै जग्गा भए पनि ठूलो बजेट अभावका कारण आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गर्न कठिनाइ भोगिरहेका मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले सीमित बजेटमा आधुनिक घर निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार करिब साढे तीन आना (३.५ आना) जग्गामा साढे दुई तला (२.५ तला) सम्मको आधुनिक घर आवश्यक निर्माण सामग्रीसहित रु. ६६ लाखको बजेटमा निर्माण गरिदिने योजना अघि सारिएको हो। निर्माण लागत बढिरहेको अवस्थामा गुणस्तरीय सामग्री प्रयोग गर्दै ग्राहकलाई आर्थिक रूपमा सहज हुने गरी घर निर्माण सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।

प्रस्तावित घरमा भुइँतलामा एक बेडरुम, पहिलो तलामा दुई बेडरुम र दोस्रो तलामा दुई बेडरुम रहने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। उपलब्ध जग्गाको अधिकतम सदुपयोग गर्दै परिवारको आवश्यकता, सुविधा र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर घरको डिजाइन तथा संरचना तयार गरिने बताइएको छ।

डेभकोको योजनाको अर्को विशेषता वास्तु विशेषज्ञको परामर्शअनुसार घरको विभिन्न संरचना तथा कोठाको स्थान निर्धारण गर्नु रहेको कम्पनीले जनाएको छ। जग्गाको अवस्था, दिशागत पक्ष, परिवारको आवश्यकता र घरको प्रयोगलाई ध्यानमा राख्दै बेडरुम, किचन, शौचालय, बैठक कोठा, पूजा कोठा, सिँढी लगायत आवश्यक संरचनाको उपयुक्त स्थान निर्धारण गरिनेछ।

कम्पनीका अनुसार वास्तुसम्बन्धी सुझावलाई ग्राहकको आवश्यकता र प्राथमिकताअनुसार डिजाइन प्रक्रियामा समायोजन गरिनेछ। यसबाट आधुनिक डिजाइनसँगै व्यावहारिक तथा सुविधाजनक आवास निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

घर निर्माणका क्रममा ग्राहकले विभिन्न सेवा प्रदायक खोज्दै हिँड्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले डिजाइनदेखि निर्माण र फिनिसिङसम्मका सम्पूर्ण सेवा एउटै कम्पनीमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

ग्राहकको जग्गाको अवस्था, पारिवारिक आवश्यकता र उपलब्ध बजेटलाई प्राथमिकतामा राखेर डिजाइन तथा निर्माण प्रक्रिया अघि बढाइने बताइएको छ। वास्तु परामर्श, संरचनात्मक आवश्यकता र आधुनिक आवासीय डिजाइनलाई समेटेर घरको योजना तयार गरिने कम्पनीको भनाइ छ।

यस योजनाअन्तर्गत दशैंअघि घर निर्माणको सम्झौता गर्ने ग्राहकलाई रु। ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ।

आधुनिक भान्सासहित पूर्ण फिनिसिङ भएको घर निर्माण गर्ने उद्देश्यले ल्याइएको उक्त अफरले घर निर्माणको कुल लागत व्यवस्थापनमा ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीको विश्वास छ।

कम्पनीका अनुसार गुणस्तरीय निर्माण, व्यवस्थित डिजाइन, वास्तु परामर्श तथा लागतको उचित व्यवस्थापनमार्फत ग्राहकलाई दीर्घकालीन रूपमा उपयोगी, आरामदायी र व्यवस्थित आवास उपलब्ध गराउनु योजनाको मुख्य उद्देश्य हो।

डेभको इन्जिनियरिङ एन्ड बिल्डर्सले सीमित बजेटमा आफ्नै जग्गामा आधुनिक र सुविधासम्पन्न घर निर्माण गर्न चाहने मध्यमवर्गीय नेपाली परिवारलाई लक्षित गरी योजना ल्याएको जनाएको छ।

घर निर्माण गर्न इच्छुक ग्राहकले आफ्नो जग्गाको विवरणसहित कम्पनीमा सम्पर्क गरी डिजाइन, वास्तु परामर्श, लागत अनुमान तथा निर्माण प्रक्रियाबारे आवश्यक जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.