सोमबार, भाद्र २९,२०८३ 08:58:16
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 08:58:16
Bizshala
Global IME Bank Limited

बाढी–पहिरोको प्रभावमा देशका मुख्य राजमार्ग, कुनको अवस्था कस्तो ?

बाढी–पहिरोको प्रभावमा देशका मुख्य राजमार्ग, कुनको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । बाढी, पहिरो तथा सडक मर्मतसम्भारका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सोमबार बिहान ६ बजेसम्म प्राप्त विवरणअनुसार केही स्थानमा यातायात पूर्ण रूपमा बन्द गरिएको छ भने केही सडकखण्डमा एकतर्फी तथा समय तालिका मिलाएर सवारी सञ्चालन भइरहेको छ।

काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ। उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था तथा परिस्थितिअनुसार अन्य सवारीसाधन सञ्चालन गरिने जनाइएको छ।

यता, रसुवा जिल्लाका प्रमुख सडकहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५, खाल्टेमा भदौ ८ गतेदेखि यातायात पूर्ण रूपमा बन्द छ। मुख्य राजमार्गका अन्य प्रभावित क्षेत्रमा पनि भदौ १० गतेदेखि अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन हुन सकेको छैन।

नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८, घट्टेखोला क्षेत्रमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै भदौ १ गतेदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने व्यवस्था गरिएको छ। त्यसैगरी, पसाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१०, सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

धादिङस्थित पृथ्वीराजमार्गमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा भदौ १४ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। सोही राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० को ज्वाडखोला र शीतलबजार क्षेत्रमा पहिरो हटाएपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

यसैगरी, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतको काम जारी रहेकाले सवारीसाधनको चाप तथा सडकको अवस्थालाई हेरेर एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ।

गण्डकी प्रदेशको मनाङस्थित चामे–बेँसीसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका–३, धारापानीमा भदौ २५ गतेदेखि सडक निर्माणको काम जारी छ। निर्माण कार्यका कारण हाल उक्त सडकखण्डमा साना सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको छ।

लगातारको वर्षा तथा प्राकृतिक विपद्का कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले सम्बन्धित निकायले यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्। जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सुझाव दिइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.