शुक्रबार, आश्विन २,२०८३ 09:02:18
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 09:02:18
Bizshala
Global IME Bank Limited

निफ्राले डाक्यो आठौं वार्षिक साधारणसभा, ५.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने

निफ्राले डाक्यो आठौं वार्षिक साधारणसभा, ५.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने
New Office

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको १९९औं बैठकको निर्णयअनुसार सभा आगामी असोज २३ गते शुक्रबार काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

सभाले बैंकको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले लाभांश करसहित कुल १ अर्ब १३ करोड ६८ लाख ४२ हजार १०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो।

Shivam Cement
Bizshala
CG Motors

प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि कम्पनी ऐनअनुसार नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव छ।

त्यस्तै, चालू आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। हालका लेखापरीक्षक बीआरएस न्यौपाने एन्ड कम्पनीलाई पुनः नियुक्त गर्ने प्रस्ताव राखिएको छ।

सभाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी निर्वाचित दुई सञ्चालकमध्ये सीमा अधिकारी आचार्यले दिएको राजीनामा स्वीकृत गर्ने तथा बाँकी कार्यकालका लागि शान्ता राजमार्गीलाई सञ्चालक नियुक्त गरिएको निर्णय अनुमोदन गर्नेछ।

Muktinath Bikas Bank Limited

नाफा २० प्रतिशतले घट्यो

निफ्राले आर्थिक वर्ष २०८२/८३ मा ९८ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड ४० लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यसअनुसार बैंकको खुद नाफा करिब २० प्रतिशतले घटेको छ।

बैंकको खुद ब्याज आम्दानीमा समेत करिब २४ प्रतिशत गिरावट आएको छ। यद्यपि, गैरब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको बैंकले सार्वजनिक गरेको संक्षिप्त वित्तीय विवरणमा उल्लेख छ।

बैंकले साधारणसभा प्रयोजनका लागि असोज १४ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसैले असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.