आईतवार, आश्विन ४,२०८३ 11:39:14
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 11:39:14
Bizshala
Global IME Bank Limited

बाढी–पहिरोका कारण बागमती र कोशीका विभिन्न सडक अवरुद्ध

बाढी–पहिरोका कारण बागमती र कोशीका विभिन्न सडक अवरुद्ध
New Office

काठमाण्डौ। लगातारको बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

बागमती प्रदेशअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने बीपी राजमार्ग बाढी तथा पहिरोका कारण प्रभावित भएको प्रहरीले जनाएको छ।

त्यस्तै, रसुवाका मुख्य राजमार्गहरू पनि बाढीका कारण प्रभावित भएका छन्। प्रहरीले अर्को सूचना जारी नभएसम्म ती सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोला क्षेत्रमा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेको छ। जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१०, सिमटार क्षेत्रमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। ती दुवै स्थानमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

यसैगरी, कोशी प्रदेशको संखुवासभा जिल्लास्थित मकालु गाउँपालिका–४, नेता भीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले बाढी तथा पहिरोका कारण जोखिममा रहेका सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.