आईतवार, आश्विन ४,२०८३ 05:00:52
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 05:00:52
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा ३० बस

काठमाण्डौमा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा ३० बस
New Office

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई व्यवस्थित र विस्तार गर्न उपत्यकाका ९ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गर्दै यसअघि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन बस सेवालाई थप रुट र बससहित विस्तार गर्न स्थानीय तहहरूबीच सहमति भएको हो।

यससम्बन्धी समझदारीपत्रमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेका छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीमा हस्ताक्षर गरेका हुन्।

समझदारीपछि ६ वटा रुटमा ३० वटा बस सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। रात्रिकालीन सेवा विशेषगरी रातको समयमा यात्रा गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा स्वदेशी र विदेशी पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले विस्तार गरिएको हो।

Shivam Cement
Bizshala
CG Motors

कुन रुटमा कति बस ?

विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक–ठमेल रुटमा ६ वटा, गोदावरी–लगनखेल–बूढानीलकण्ठ रुटमा ६ वटा, चक्रपथमा दुवै दिशातर्फ ८ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा, टाखेल–ठमेल रुटमा २ वटा तथा नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन्।

यसअघि लगनखेल–बूढानीलकण्ठ र नागढुङ्गा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसबाट परीक्षण सेवा सञ्चालन गरिएको थियो।

Muktinath Bikas Bank Limited

घाटा भए स्थानीय तहले बेहोर्ने

रात्रिकालीन बस सञ्चालनबाट उठ्ने टिकट आम्दानीले खर्च धान्न नसके अपुग रकम स्थानीय तहहरूले बेहोर्ने सहमति गरिएको छ।

सम्झौताअनुसार अपुग रकमको ५० प्रतिशत सम्बन्धित नगरपालिकाले समान रूपमा बेहोर्नेछन्। बाँकी ५० प्रतिशत रकम जनसंख्याका आधारमा बाँडफाँट हुनेछ। त्यसमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले समान १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले रकम बेहोर्ने व्यवस्था गरिएको छ।

साझा यातायातले सेवा सञ्चालनका लागि आवश्यक थप रकम त्रैमासिक रूपमा माग गर्न सक्नेछ।

डिजिटल बस स्टप र क्यूआर टिकट

रात्रिकालीन बसका यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित स्थानीय तहले तोक्नेछन्। ती स्थानमा चालु आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित बस स्टप निर्माण गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ।

यात्रुले चक्रपथमा बस परिवर्तन गरेर विभिन्न रुटमा पुग्न सक्ने व्यवस्था गरिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने जनाइएको छ।

टिकटबाट हुने आर्थिक चुहावट नियन्त्रण गर्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकेटिङ प्रणालीसमेत लागू गरेको छ। यात्रुले क्यूआरमार्फत वा नगद तिरेर टिकट लिन सक्नेछन्।

साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ बराबर सेयर लगानी रहेको छ। हाल साझा यातायातसँग १११ वटा बस छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.