सोमबार, फाल्गुन १२,२०८१ 02:10:38
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 02:10:38
IME remit
Global IME Bank Limited

डिपलको इभीमा विष्णु अग्रवालको ठगीधन्दा, कम क्षमताका गाडी महङ्गोमा भिडाइँदै

Hyundai Nepal
डिपलको इभीमा विष्णु अग्रवालको ठगीधन्दा, कम क्षमताका गाडी महङ्गोमा भिडाइँदै
Nabil Bank Limited

काठमाण्डौ । नेपाली इभी बजारमा केही समयअघि भित्रिएको चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’ मा ग्राहक ठगिएका छन् ।  

नेपालमा यो गाडीको आधिकारिक बिक्रेता एमए डब्ल्यू वृद्धि अटोकर्प प्रालिले झूठा प्रचार प्रसार गरेर उपभोक्ता ठगी गरेको पाइएको हो ।

नेपाली बजारमा ७२ लाख रुपैयाँ मूल्य राखिएको डिपल एस ०७ को मोटर पावर अत्यन्त कमजोर छ ।  

कम्पनीले यसलाई प्रिमियम एसयूभीको रुपमा प्रचार प्रसार गरे पनि यो मिडसाइज एसयूभी हो ।  

यसमा कम पावर भएको भेरिएन्टमा १६० किलोवाट र हाइपावर भएको भेरिएन्टमा १९० किलोवाट क्षमताको मोटर उपलब्ध थियो । तर, नेपालमा १०० किलोवाटसम्मका गाडीहरुमा दिइएको कर तथा भन्सार छुट लगायतको लाभलाई हेरेर कम्पनीले मोटर क्षमता घटाई ९९ किलोवाट बनाएको छ । मोटर पावर झण्डै आधाले घट्दा अन्य देशमा जस्तो यो गाडीको परफरमेन्स राम्रो हुँदैन ।  

मोटर क्षमता कमजोर भएकै कारण यो गाडी प्रयोगकर्ताले धेरै उकालोमा उक्लिन नसक्ने, दाबी गरिएजस्तो रेञ्ज नपाइने जस्ता समस्या भोग्नुपर्ने हुन्छ । केही समयअघि आयोजित एक मोटर र्यालीको क्रममा डिपलको यही गाडी भीमफेदीको उकालो उक्लिन नसकेपछि काठमाण्डौ फर्काइएको थियो । १०० किलोवाटकै मोटर क्षमताको बीवाइडीको अटो थ्रीमा पनि उकालो तान्न नसक्ने समस्या रहेको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘कस्टूमरलाई हाई पावरको गाडीलाई लो पावरमा ल्याउँदा पावर परफरमेन्स फिल नै हुँदैन । तर नेपाली उपभोक्तालाई यो कुरा कम्पनीले प्रष्ट भनेको छैन, जुन ठगी हो ।’ स्रोत भन्छ ।  

यो गाडीमा २९०० एमएमको ह्वीलबेस उपलब्ध छ । यो भनेको सेडानको जस्तै लेग रोम हो, जुन नेपाली बाटोमा मोड्न धेरै नै कठीन हुन्छ । गाडी पारखीहरुका अनुसार यो कार नेपाली रोडका लागि उपयुक्त होइन ।  

ग्राउण्ड क्लियरेन्समै समस्या

यसको ग्राउण्ड क्लियरेन्स १६० एमएम मात्र हो, जुन नेपाली रोडका लागि उपयुक्त हुँदैन । पछिल्लो समय ग्राउण्ड क्लियरेन्स २०० एमएम हाराहारीमा रहेका गाडीहरुतर्फ नेपाली उपभोक्ताको विशेष रुची छ । जस्तो, ग्राउण्ड क्लियरेन्स २०५ एमएम रहेका टाटाको नेक्सन इभीमा उपभोक्ताको विशेष आकर्षण रहेको छ ।  

हिन्दूस्तान टाइम्सले प्रकाशन गरेको एक रिपोर्टका अनुसार ह्याचब्याक र सेडानका लागि १६५ देखि १७० एमएम माथिको ग्राउण्ड क्लियरेन्स राम्रो मानिन्छ । तर एसयूभीका लागि भने १८० एमएमभन्दा माथिको ग्राउण्ड क्लियरेन्स चाहिन्छ ।  

महिन्द्राको थार(२६६ एमएम), टोयोटाको फच्र्यूनर(२२० एमएम), कियानको सोनेट(२११ एमएम) सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स भएका एसयूभी हुन् ।  

नेपाली सडकहरू खाल्डाखुल्डी र असमान सतहहरुले भरिपूर्ण हुन्छन् । यहाँका सडकमा स्पीड ब्रेकर, खाल्डा र फोहोरहरू हुन सक्छन्। कम्तिमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कार असमान सतहहरूमा कारको अन्डरक्यारेजलाई स्क्र्याप गर्नबाट रोक्न सही मानिन्छन् ।  

भारतकै गोमेकानिक डट इन नामको एउटा चर्चित ब्लगका अनुसार ह्याचब्याक कारका लागि न्यूनतम १६८ एमएम, कम्प्याक्ट सेडानका लागि १७० एमएम, सेडानका लागि १६५ एमएम, कम्प्याक्ट एसयूभीका लागि  १९० देखि २०० एमएम, एसयूभीका लागि २२५ एमएम ग्राउण्ड क्लियरेन्स हुनुपर्छ ।  

नक्कल गरिएको लुक्स

कतिपयले डिपल एस०७ को लुक्सको विषयमा समेत चर्चा गर्ने गरेका छन् । एमए डब्ल्यूले समेत यसको लुक्समा विशेष फोकस गर्ने गरेको छ । तर, यसको लुक्स टेस्लाको साइबर ट्रक जस्तो छ । कतिपयले त टेस्लाको साइबर ट्रककै कपी गरेर यसको लुक्स तयार गरिएको समेत भन्ने गर्छन ।  

असुरक्षित ब्याट्री

यसमा ब्याट्री क्षमता ६६.८ किलोवाट आवर(युनिट) छ । यसमा एनएमसी(NMC) ब्याट्री प्याक प्रयोग गरिएको छ, जुन पुरानो डिजाइनको हो र यो सुरक्षाको हिसाबले जोखिमपूर्ण पनि मानिन्छ ।  

लिथियम–आयन ब्याट्री जसको क्याथोडहरू निकल, म्यांगनीज, र कोबाल्ट समावेश छन्। त्यसलाई एनएमसी भनिन्छ ।

एनएमसी ब्याट्रीहरूसँग सम्बन्धित प्रमुख जोखिमहरूमध्ये एक थर्मल रनअवे हो। यो घटना तब हुन सक्छ जब ब्याट्री धेरै तातो हुन्छ र सम्भावित रूपमा आगो वा विस्फोट हुन सक्छ। यो जोखिम बढ्छ जब तपाईले ब्याट्रीलाई उच्च तापक्रममा ओभरचार्ज गर्नुहुन्छ वा एक्सपोज गर्नुहुन्छ। 

यही समस्याका कारण पछिल्लो समय इभी उत्पादकहरुले आफ्ना कारहरुमा एनएमसी ब्याट्री छाडेर एलएफपी ब्याट्री लगाइरहेका छन् । लिथियम–आयन ब्याट्रीहरू जसले तिनीहरूको क्याथोडहरूमा आइरन र फस्फोरस प्रयोग गर्दछ, त्यसलाई LFP ब्याट्रीहरू भनिन्छ ।

अस्वभाविक मूल्य

नेपालमा डिपल सार्वजनिक हुँदै गर्दाको फाइल फोटो । 

डिपल एस०७ मा मून रुफ मात्रै छ, जुन खुल्दैन पनि ।

डिपल०७ नेपाल भित्र्याएको एमए डब्ल्यू समृद्धिले गाडीको मूल्यमा समेत अस्वभाविक मार्जिन राखेको स्रोत बताउँछ । ९९ किलोवाटको मिडरेञ्जको यो कारको मूल्यमा समेत उपभोक्ता ठगिएका छन् । यस विषयमा नियमन हुनुपर्ने उपभोक्ताको माग छ ।  

डिपल एस०७ को विषयमा गरिएको भ्रमपूर्ण प्रचार र उपभोक्तालाई गुमराहमा राखिएको विषयमा बुझ्न खोज्दा एमए डब्ल्यूका विष्णुकुमार अग्रवालले आफू चीनमा रहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.