काठमाण्डौ । मनाङको हिम्लुङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार मृतक दुवै सङ्खुवासभाका हुन् । मृत्यु हुनेमा भोटखोला गाउँपालिका–३ का क्षेपी भोटे र भोटखोला गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटे रहेका छन् ।
उनीहरू दुवै जना टुरिष्ट गाइड रहेको प्रहरीले जनाएको छ ।
आइतबार हिमपहिरोमा परेर सम्पर्कविहीन भएकामध्ये दुई जनाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराका अनुसार शव पोस्टमार्टमका लागि कैलाश हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
दुवै शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
हिमपहिरो मनाङको नार्पाभूमि गाउँपालिका–५ क्षेत्रमा गएको हो । घटनापछि उक्त क्षेत्रमा केही व्यक्ति अझै सम्पर्कविहीन छन् ।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोजीका लागि कैलाश हेलिकप्टरमार्फत उद्धारकर्मीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।