काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हात्तीसुडे ,मकवानपुर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । मकवानपुर जिल्ला बाग्मती गाउँपालिका वडा नं.८,कायर टोलमा रहेको केन्द्र न.११७ की सदस्य गंगा माया रुम्बाका श्रीमान् देउराम रुम्बाको मृत्युपश्चात निज सदस्यलाई बीमाकोे क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।
सदस्य गंगा माया रुम्बाले संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजकिरिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम १ लाख ३३ हजार समेत फिर्ता गरी जम्मा रकम १ लाख ५८ हजार निज सदस्य श्रीमती गंगा माया रुम्बालाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक सरोज ढकालले बताए ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक सरोज ढकाल, शाखाका कर्मचारी सन्तोष कुमार गौतमको उपस्थिति रहेको थियो ।