बिहीबार, आश्विन १५,२०८३ 12:19:16
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 12:19:16
Bizshala
Global IME Bank Limited

दसैँका सामान चीनमै अड्किए, तातोपानी खोल्न नेपालको दौडधुप

Bizshala
दसैँका सामान चीनमै अड्किए, तातोपानी खोल्न नेपालको दौडधुप
New Office

 

काठमाण्डौ । दसैँ–तिहार नजिकिँदै गर्दा चीनसँग जोडिएका उत्तरी व्यापारिक नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक र प्राविधिक पहल तीव्र पारेको छ। चाडपर्व लक्षित आयात रोकिएपछि नेपालले विशेषगरी तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चीनसमक्ष प्रस्ताव राखेको छ।

तर चिनियाँ पक्षले भने मुस्ताङस्थित कोरला नाकालाई समेत विकल्पका रूपमा प्राथमिकतामा राख्दै त्यहाँको सडक अवस्थाको स्थलगत निरीक्षण आवश्यक रहेको धारणा राखेको छ।

हाल तातोपानी, रसुवागढी र कोरला गरी उत्तरीतर्फका तीनवटै प्रमुख व्यापारिक मार्ग प्रभावित छन्। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोले रसुवागढीतर्फका सडक र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पछिल्लो वर्षाले कोरला क्षेत्रका सडकसमेत विभिन्न स्थानमा अवरुद्ध भएका छन्।

तातोपानी सडकको संयुक्त निरीक्षण

यसैबीच, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा नेपाली अधिकारी र नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिले तातोपानी नाकातर्फको सडकको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणपछि नेपाली अधिकारीहरूले अन्य उत्तरी मार्गको तुलनामा तातोपानी हुँदै व्यापारिक आवागमन पुनः सुरु गर्न प्राविधिक रूपमा सहज हुनसक्ने निष्कर्ष निकालेका छन्।

नेपालको जोड पनि यही नाकालाई चाडपर्वअघि सञ्चालनमा ल्याउनेतर्फ केन्द्रित छ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार तातोपानी अहिले तुलनात्मक रूपमा व्यवहारिक विकल्प देखिएकाले नाका पुनः सञ्चालनका लागि कूटनीतिक पहल तीव्र पारिएको छ।

चीनको चासो कोरलातर्फ पनि

चिनियाँ पक्षले भने तातोपानीसँगै कोरला क्षेत्रको सडक अवस्थाबारे पनि स्थलगत जानकारी लिन चाहेको छ।

त्यसका लागि परराष्ट्र, अर्थ तथा पूर्वाधारसम्बन्धी मन्त्रालयका प्रतिनिधिसहित चिनियाँ अधिकारीहरू मुस्ताङ पुगेर सडक र नाकाको अवस्था निरीक्षण गर्ने तयारीमा छन्।

नेपालले भने कोरला क्षेत्रमा मौसम र भौगोलिक अवस्थाका कारण वर्षभरि नियमित व्यापार सञ्चालन गर्न कठिन हुनसक्ने भन्दै चाडपर्वको तत्कालीन आवश्यकता पूरा गर्न तातोपानी नाका प्राथमिक विकल्प हुनुपर्ने धारणा राखेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चीनमै रोकिए दसैँका सामान

उत्तरी नाका अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर चीनबाट हुने आयातमा परेको छ।

दसैँका लागि व्यवसायीहरूले खरिद र बुकिङ गरेका ठूलो परिमाणका सामान चीनतर्फ नै रोकिएका छन्। लत्ताकपडा, जुत्ता, विद्युतीय सामान, सजावटका सामग्रीदेखि उपभोक्ता वस्तुसम्मको आयात प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।

त्यस्तै, चीनबाट आयात हुने विद्युतीय सवारीसाधनसमेत समयमै नेपाल ल्याउन कठिन भइरहेको छ।

चाडपर्वका बेला आयात र खपत दुवै उच्च हुने भएकाले नाका लामो समय बन्द रहँदा बजारमा आपूर्ति प्रभावित हुनुका साथै ढुवानी लागतसमेत बढ्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।

निजी क्षेत्रको पनि दबाब

नेपाल उद्योग वाणिज्य महासंघले पनि चिनियाँ राजदूतसँग भेट गरी तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक कूटनीतिक र प्राविधिक सहजीकरण गर्न आग्रह गरेको छ।

सरकारसँगै निजी क्षेत्रले समेत चाडपर्वअघि चीनसँगको व्यापारिक मार्ग खुलाउन दबाब बढाएपछि उत्तरी नाका सञ्चालनको विषय अहिले उच्च प्राथमिकतामा परेको छ।

अब चासोको विषय भनेको दसैँअघि तातोपानी खुल्छ कि चीनले अघि सारेको कोरला विकल्पले प्राथमिकता पाउँछ ? भन्ने हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.