आईतवार, आश्विन १८,२०८३ 11:54:58
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 11:54:58
Bizshala
Global IME Bank Limited

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा, दसैंलगत्तै चार्ज हुने

Bizshala
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा, दसैंलगत्तै चार्ज हुने
New Office

काठमाडौं। १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी दुई मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दसैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनका १६ टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन्। बाँकी दुई मल्टिसर्किट टावर पनि १०–१५ दिनभित्र सम्पन्न गर्ने तयारी छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेशन तथा निर्माणाधीन टावरको निरीक्षण गर्दै बाँकी काम समयमै सक्न निर्देशन दिएका छन्।

प्रसारणलाइन सञ्चालनमा आएपछि राष्ट्रिय ग्रिडको विद्युत् वहन क्षमता र प्रणालीको विश्वसनीयता बढ्ने प्राधिकरणको अपेक्षा छ। यसबाट पूर्व–पश्चिम विद्युत् प्रवाह सहज हुनुका साथै औद्योगिक क्षेत्रमा आपूर्ति विस्तार, आन्तरिक खपत वृद्धि र भारतलगायत छिमेकी मुलुकसँग विद्युत् व्यापार विस्तारमा सहयोग पुग्नेछ।

लामो समयदेखि विभिन्न कारणले अघि बढ्न नसकेको आयोजनाले मन्त्री श्रेष्ठको पहलमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि गति लिएको प्राधिकरणले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.