काठमाण्डौ । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पाका विभिन्न स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरदेखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो।
सम्झौताअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्।
त्यस्तै, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्। यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुने जनाइएको छ।
९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले पनि छुट पाउने व्यवस्था गरिएको छ। यसअन्तर्गत युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत र पर्यटकले १० प्रतिशत छुट पाउनेछन्।
यससम्बन्धी सम्झौता एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका हुन्।
अफर लिन ग्राहकले एनसेल एपमार्फत ‘पार्टनर्ड सर्भिस’मा गई ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा रिडिम गर्न सक्नेछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारी ग्राहकलाई कनेक्टिभिटीबाहेक थप मूल्य र सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप गरिएको बताए।
उनका अनुसार एनसेलले आफ्नो पार्टनर इकोसिस्टम विस्तार गर्दै ग्राहकलाई दैनिक जीवनसँग जोडिएका थप सेवा र लाभ उपलब्ध गराउँदै लैजाने रणनीति अघि बढाइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।