मंगलवार, आश्विन २०,२०८३ 06:10:58
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 06:10:58
Bizshala
Global IME Bank Limited

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र सृजनशीलताको दमदार प्रदर्शन

Bizshala
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र सृजनशीलताको दमदार प्रदर्शन
New Office

काठमाण्डौ । युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको ‘पल्सर आरपीएम बुटवल’ उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ।

बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो। पल्सर एन१६० मार्फत गरिएको स्टन्ट प्रदर्शन कार्यक्रमको मुख्य आकर्षणमध्ये एक बनेको थियो।

कार्यक्रममा स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाहरूले पनि प्रस्तुति दिएका थिए। स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुति समेत कार्यक्रममा समावेश गरिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सहभागीका लागि पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोनको व्यवस्था गरिएको थियो। यसमार्फत सहभागीले मोटरसाइकललाई नजिकबाट अवलोकन र अनुभव गर्ने अवसर पाएका थिए। कफी, खानाका परिकार तथा गिफ्ट पप–अप स्टलले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा र युवा समुदायलाई आफ्नो सीप, रुचि र सृजनशीलता प्रस्तुत गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।

काठमाडौंबाट सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार भएको छ। आगामी दिनमा यो कार्यक्रम अन्य सहर र नयाँ समुदायसम्म विस्तार गर्ने योजना रहेको जनाइएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, विक्रेता, आयोजक टोली तथा सहभागीलाई बजाज पल्सरले धन्यवाद दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.