मंगलवार, आश्विन २०,२०८३ 06:48:29
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 06:48:29
Bizshala
Global IME Bank Limited

देशभर स्क्रब टाइफसको जोखिम बढ्दो : ७४ जिल्लामा १० हजार २१० संक्रमित

Bizshala
देशभर स्क्रब टाइफसको जोखिम बढ्दो : ७४ जिल्लामा १० हजार २१० संक्रमित
New Office

काठमाडौं । देशभर स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७४ जिल्लामा १० हजार २१० जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

संक्रमणका कारण हालसम्म ४ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

प्रदेशगत तथ्यांक हेर्दा सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश देखिएको छ। लुम्बिनीमा २ हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि सुदूरपश्चिम प्रदेशमा २ हजार १३ जना र गण्डकी प्रदेशमा १ हजार ८९५ जना संक्रमित भएका छन्।

यस्तै, बागमती प्रदेशमा १ हजार २८४ जना, कोशी प्रदेशमा १ हजार १६० जना, कर्णाली प्रदेशमा ७५१ जना र मधेस प्रदेशमा २५९ जनामा स्क्रब टाइफस देखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य महाशाखाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। झाडी, घाँस, खेतबारी तथा जंगल क्षेत्रमा जाँदा शरीर पूरै ढाक्ने कपडा र बुट प्रयोग गर्न तथा घर फर्किएपछि साबुन र मनतातो पानीले राम्रोसँग नुहाउन सुझाव दिइएको छ।

स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो। अचानक उच्च ज्वरो आउनु, टाउको तथा शरीर दुख्नु, अत्यधिक थकान महसुस हुनु र शरीरमा रातो दाग देखिनु यसका प्रमुख लक्षण हुन सक्छन्।

यस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन महाशाखाले आग्रह गरेको छ। थप जानकारीका लागि महाशाखाको कल सेन्टर १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.