काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ।
डिजिटल भुक्तानी कारोबारमा उल्लेखनीय प्रदर्शन गरेको बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्यूअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्यूअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड हात पारेको हो।
बैंकका अनुसार ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्यूअर)’ अवार्ड मोबाइल एपमार्फत सबैभन्दा बढी संख्यामा रकम स्थानान्तरण गरेको आधारमा प्रदान गरिएको हो। त्यस्तै, मोबाइल एपबाट सबैभन्दा बढी क्यूआर भुक्तानी कारोबार गरेबापत ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्यूअर)’ र बैंकअन्तर्गतका क्यूआर मर्चेन्टमार्फत सबैभन्दा बढी कारोबार प्राप्त गरेबापत ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ।
बैंकले डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले डिजिटल बैंकिङ सेवाप्रतिको आफ्नो प्रतिबद्धता थप बलियो बनाएको जनाएको छ।
यस उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिलेको बैंकको भनाइ छ।
बैंकले उक्त उपलब्धिमा साथ र सहयोग गर्ने ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।