बुधबार, कार्तिक ११,२०८३ 06:37:06
  • बुधबार, कार्तिक ११,२०८३ 06:37:06
Global IME Bank Limited

बालबालिका गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिंक्स नखान आग्रह

Bizshala
बालबालिका गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिंक्स नखान आग्रह
New Office

 

काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।

इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा अन्य सरोकारवालालाई जानकारी गराउँदै विभागले यस्तो आग्रह गरेको हो।

विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक दिनमा दुई क्यानभन्दा बढी नपिउन सुझाव दिएको छ।

विभागका अनुसार हाल नेपालमा १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्री वितरण गरिरहेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषणका आधारमा प्रतिक्यान करिब १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको विभागले जनाएको छ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिन दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्।

विभागका अनुसार नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा प्रतिक्यान प्रयोग गरिएको क्याफिन उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम छ।

यद्यपि विभागले इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न आग्रह गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

त्यस्तै, इनर्जी ड्रिंक्सलाई अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि सुझाव दिइएको छ।

उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्रै विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले निर्देशन दिएको छ।

उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश र सुरक्षित उपभोगसम्बन्धी जानकारी उपभोक्तासम्म स्पष्ट रूपमा पुर्‍याउन पनि आग्रह गरिएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.