मंगलवार, कार्तिक १७,२०८३ 06:50:17
  • मंगलवार, कार्तिक १७,२०८३ 06:50:17
Global IME Bank Limited

सुरक्षा जोखिमपछि नयाँ ईजीपी सञ्चालनमा, बोलपत्र अनलाइन वा हार्डकपीमा बुझाउन पाइने

Bizshala
सुरक्षा जोखिमपछि नयाँ ईजीपी सञ्चालनमा, बोलपत्र अनलाइन वा हार्डकपीमा बुझाउन पाइने
New Office

काठमाडौं । उच्च सुरक्षा जोखिमका कारण केही समय स्थगित गरिएको विद्युतीय खरिद प्रणाली नयाँ स्वरूपमा सञ्चालनमा आएको छ। पूर्वाधार मन्त्री सुनिल लम्सालले मंगलबार सामाजिक सञ्जालमार्फत आजदेखि नयाँ विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।

नयाँ प्रणालीको पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताको दर्ता र निर्माण कार्य तथा मालसामान खरिदका बोलपत्र प्रकाशनको व्यवस्था गरिएको छ। बोलपत्र प्रस्ताव भने अनलाइन वा सम्बन्धित कार्यालयमा हार्डकपीमध्ये कुनै एक माध्यमबाट बुझाउन सकिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मन्त्री लम्सालका अनुसार सूचना प्रकाशन भएको मितिदेखि सबै सार्वजनिक निकायले निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ प्रणालीमार्फत मात्रै प्रकाशन गर्नुपर्नेछ। पहिलो चरणमा प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्तालाई मात्र दर्ता गर्न अनुरोध गरिएको छ।

सार्वजनिक निकायले बोलपत्रदाता तथा आपूर्तिकर्तालाई तोकिएको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपी बुझाउन सक्ने व्यवस्था मिलाउनुपर्नेछ। यसले बोलपत्र प्रकाशनका लागि विद्युतीय प्रणाली अनिवार्य गरे पनि प्रस्ताव दाखिलाका लागि दुई विकल्प खुला राखेको छ।

Garima Development Bank
Bizshala
IME remit

बोलपत्र खोलुवा तथा मूल्याङ्कन भने विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नुपर्ने मन्त्री लम्सालले उल्लेख गरेका छन्। हार्डकपीमार्फत प्राप्त प्रस्तावको अभिलेखसमेत बोलपत्र खोलुवाको मुचुल्का र मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गर्नुपर्नेछ।

‘उच्च सुरक्षा जोखिम देखिएपछि केही समयका लागि विद्युतीय खरिद प्रणाली स्थगित गरेका थियौँ। आजदेखि नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा ल्याएका छौँ,’ मन्त्री लम्सालले लेखेका छन्।

उनको स्टाटसमा सुरक्षा जोखिमको प्राविधिक विवरण तथा नयाँ प्रणालीमा थप गरिएका सुरक्षा उपायबारे भने खुलाइएको छैन।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.