काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ।
सेबोनले चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।
बोर्डको स्वीकृतिसँगै बैंकले हाल कायम शेयरधनीका लागि १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्ने बाटो खुलेको छ। अर्थात् शेयरधनीले आफूसँग कायम प्रत्येक २ कित्ता शेयर बराबर थप १ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। यसमार्फत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
सेबोन सञ्चालक समितिबाट प्रस्ताव पारित भइसकेको र यससम्बन्धी औपचारिक पत्र जारी हुने प्रक्रियामा रहेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।