काठमाण्डौ । याम्बालिङ हाइड्रो पावर लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ।
कम्पनीले असोज मसान्तसम्म १ करोड ९१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनी ४ करोड ७५ लाख ९ हजार रुपैयाँ नोक्सानीमा थियो। गत वर्षको पहिलो त्रैमासमा भने कम्पनीले १ करोड ९० लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो।
पहिलो त्रैमासमा कम्पनीले सञ्चालनबाट ६ करोड ९९ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ७ करोड ४३ लाख ६४ हजार रुपैयाँ थियो।
कम्पनीको कुल नाफा ६ करोड २४ लाख ५४ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कुल खर्च १ करोड ८३ लाख २६ हजार रुपैयाँ रहेको छ।
वित्तीय खर्च भने कम्पनीका लागि अझै ठूलो दबाबका रूपमा देखिएको छ। पहिलो त्रैमासमा कम्पनीले २ करोड ४६ लाख २२ हजार रुपैयाँ वित्तीय खर्च व्यहोरेको छ।
कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस ३ करोड ४४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ।
असोज मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण १ अर्ब ९ करोड ४६ लाख रुपैयाँभन्दा बढी छ। कुल सम्पत्ति १ अर्ब ८७ करोड २१ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ८ पैसा छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।