काठमाण्डौ । सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको नेतृत्वमा कार्यरत छन्।
मन्त्रिपरिषद् स्रोतका अनुसार हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको छ।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व अब मनोज केसीले सम्हाल्ने भएका छन्।
केसीको नियुक्तिसँगै प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको छ भने कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा मामिलासँग सम्बन्धित नयाँ जिम्मेवारीमा सारिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।