काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ४५ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ करोड ६० लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ५३ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड १० लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ९२ लाख ५९ हजार रुपैयाँ थियो।
अन्य स्रोतबाट १ करोड ३ लाख ७१ हजार रुपैयाँ आम्दानी भएसँगै कम्पनीको कुल आम्दानी ५ करोड १४ लाख १६ हजार रुपैयाँ पुगेको छ।
पहिलो त्रैमासमा कम्पनीको सञ्चालन खर्च १ करोड ३४ लाख ७९ हजार रुपैयाँ र गैरसञ्चालन खर्च १ करोड ६ लाख ५५ हजार रुपैयाँ रहेको छ।
कम्पनीको करअघिको नाफा २ करोड ७२ लाख ८२ हजार रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापुँजी ६७ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस ११ करोड ५० लाख रुपैयाँभन्दा बढी छ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४८ पैसा प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ९६ पैसा र प्रतिशेयर कुल सम्पत्ति मूल्य १४७ रुपैयाँ २० पैसा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।