काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ९ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ करोड ८३ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब १४.६ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीले सञ्चालनबाट ५ करोड १८ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ४ करोड ८२ लाख ६८ हजार रुपैयाँ थियो।
कम्पनीको कुल नाफा ४ करोड ६८ लाख १३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा ४ करोड ४७ लाख ६२ हजार रुपैयाँ थियो।
पहिलो त्रैमासमा कम्पनीको वित्तीय खर्च १ करोड १० लाख रुपैयाँभन्दा बढी रहेको छ भने करअघिको नाफा २ करोड ९ लाख ७५ हजार रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापुँजी ६२ करोड रुपैयाँ रहेको छ। रिजर्भ तथा सरप्लस भने १२ करोड ५१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने दीर्घकालीन ऋण ५४ करोड ५८ लाख रुपैयाँभन्दा बढी छ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ८२ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।