शुक्रबार, असार २०,२०८२ 06:17:04
  • शुक्रबार, असार २०,२०८२ 06:17:04
Global IME Bank Limited

५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, ४ महिना पछिकै उच्च कारोबार

Hyundai Nepal
५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, ४ महिना पछिकै उच्च कारोबार
Nabil Bank Limited

काठमाण्डौ । आज बजार ४५ अंकले बढेर बन्द हुँदा ५ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भयो । यो कारोबार ४ महिनापछिकै उच्च हो । यसअघि गत वर्षको माघ १६ गते करिब साढे ५ अर्बबराबरको कारोबार भएको थियो ।  

प्राविधिक रुपमा आजको बजारलाई विभिन्न इन्डिकेटरबाट हेर्दा सु्पर ट्रेण्डमा पनि बुलिस देखिएको छ ।  

त्यसैगरि, बजारलाई अर्को विश्वासिलो इन्डिकेटर मुभिङ एभरेजबाट नियाल्दा पनि बजार ५० दिने मुभिङ एभरेजभन्दा माथि लागेको छ । यस अघि बजार ५० दिने मुभिङ एभरेजबाट माथि लाग्दा बजार बुलिस बनेको थियो । म्याक्डी , बोलिङगर ब्याण्ड तथा आरएसआई जस्ता इन्डिकेटरले बजार यसअघि नै बुलिस यात्रामा चल्दै गरेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज बजारले यस अघिको कडा प्रतिरोध २०५० लाई भोल्युम र कारोबारसहित ब्रेक गरेर माथि लागेको छ । यसले बजार मजबुत रहेको देखिन्छ । पिभट् मार्फत नियाल्दा पनि आज बजारले पहिलो प्रतिरोध २०५० लाइ नै ब्रेक गरेर माथि लागेको छ । अबको दोस्रो प्रतिरोध भनेको २०९५ र त्यहाँबाट पनि माथि लागेको बजारले तेस्रो प्रतिरोध २१४४ आसपास लिन सक्ने देखिन्छ । बजार घटेमा भने क्रमश ः २०५०,२०२२ र १९६० मा सपोर्ट लिन सक्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.