शुक्रबार, श्रावण २२,२०८३ 02:27:12
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:27:12
Bizshala
Global IME Bank Limited

बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
New Office

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ  खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५८ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी २ करोड २३ लाख रुपैयाँ र वित्त आम्दानी १९ लाख ५७ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि ४६ करोड ९८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको रिजर्भको आकार ६.४५ प्रतिशतले बढ्दै ५ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ३ हजार २९९ रुपैयाँ, रिटर्न अन इक्विटी १.३ प्रतिशत र पीई अनुपात ६९१ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.