बुधबार, आश्विन २८,२०८३ 09:20:56
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:20:56
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न

Bizshala
हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न
New Office

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको नेतृत्व विकास गर्ने अभिप्रायले व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न सम्पन्न गरेको छ । जेठ १२ देखि १४ गतेसम्म होटल पबेरा, बुढानिलकण्ठ, काठमाण्डौमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारीसहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवादसहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सेवाहरु प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोबलका साथ निरन्तर रुपमा प्रदान गर्दै आफनो कार्य सम्पादन गर्न निर्देशन दिए ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

विविध सूचकाङ्कको आधारमा विगत ५ वर्षको वृद्धिदर हेर्दा संस्थाले लघुवित्त बजारमा आफ्नो बलियो उपस्थिति जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा जाने बताउंंदै भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।

तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजयमान नकर्मी तथा सञ्चालकहरुले सहभागीहरुलाई आवश्यक मार्गनिर्देशनसहित अन्तरक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सञ्चालक समितिका अध्यक्ष बिजयमान नकर्मीले आर्थिक वर्ष २०७९/८०मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरेका थिए ।  

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको हिमालयन लघुवित्तले ७५ शाखा कार्यालयहरुमार्फत ७५ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. ९२ करोड बचत संकलन गरी करिब रु. ४ अर्ब लगानी गरेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.