Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:09:30
Bizshala
Global IME Bank Limited

दुई हाईड्रो कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
दुई हाईड्रो कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Shivam Cement

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा  हाईड्रो कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज युनाईटेड मोदी हाईड्रोपावर र पाचँथर पावर कम्पनी लिमिटेडको साधारण सभा आयोजना हुन लागेको हो ।  

युनाईटेड मोदी हाईड्रोपावर

युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको १० औं वार्षिक साधारण सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुन लागेको छ ।  

उक्त सभामा कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवद्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्ने र हकप्रद निष्कासनका लागि कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Bizshala
Garima Development Bank

सभामा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।  

पाचँथर पावर कम्पनी  

पाचँथर पावर कम्पनीको आठौं वार्षिक साधारण सभा काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुन लागेको छ ।  

उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक समितिको संख्या संशोधन गर्ने,एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने÷गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ ।  

सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकद्वारा प्रस्तुत गत आवको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.