पञ्चकन्या माईको ९.९८ मेगावाटको अपर माई आयोजना पुनः सञ्चालनमा
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु भएको छ। पानी चुहावटका कारण उत्पादन रोकिएको आयोजना आवश्यक मर्मतपछि सञ्चालनमा आएको हो।कम्पनीले नेप्सेलाई पठाएको पत्रअनुसार आयोजनाबाट असोज १६ गते अपराह्न ३ बजेर २ मिनेटदेखि विद्युत् उत्पादन सुचारु भएको छ।

