आईतवार, असार १४,२०८३ 02:27:35
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:27:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पञ्चकन्या माइ्र्र हाईड्रोको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो, ईपीएस २.५८ रुपैयाँ

Laxmi Sunrise Bank Limited
पञ्चकन्या माइ्र्र हाईड्रोको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो, ईपीएस २.५८ रुपैयाँ

काठमाण्डौ । पञ्चकन्या माइ्र्र हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८५ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको कुल विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको कुल विद्युत बिक्री आम्दानी २.१९ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २९ करोड २० लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी ११ लाख ३१ हजार रुपैयाँ रहेको छ । 

New Office
CG Motors
Garima Development Bank

कम्पनीको कुल सञ्चालन खर्च ३ करोछ ५१ लाख र कुल प्रशासनिक र अन्य खर्च २३ करोड ६४ लाख रुपेयाँ रहेको छ ।  १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १६ करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ७ करोड ८ लाख र कुल चालु दायित्व ८ करोड ३३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.५८ रुपैयाँ ,प्रतिसेयर  नेटवर्थ ८५.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५ रुपैयाँ र तरलता अनुपात ०.१६ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.