मंगलवार, फाल्गुन ५,२०८२ 10:35:47
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:35:47
Bizshala
Global IME Bank Limited

पन्चकन्या माई हाइड्रोपावरले एकैपटक डाक्यो दुई आवको एजीएम, लाभांशको प्रस्ताव समेटिएन

पन्चकन्या माई हाइड्रोपावरले एकैपटक डाक्यो दुई आवको एजीएम, लाभांशको प्रस्ताव समेटिएन
Shivam Cement

काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गतेका लागि नवौं र दशौं वार्षिक साधारण सभा डाकेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सभा ललितपुरको कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ र २०८१/८२ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिला समेत गरी जम्मा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.