काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाम जिल्ला सन्दकपुर गाउँपालिकामा सञ्चालनमा रहेको अप्पर माई जलविद्युत आयोजना (९.९८ मेगावाट) मा आकस्मिक प्राविधिक समस्या देखिएको छ।
कम्पनीका अनुसार आयोजनाको टनेल आउटलेटमा रहेको मेन होल वैशाख ७ गते आकस्मिक रूपमा फुटेपछि विद्युत उत्पादन तत्कालका लागि बन्द गरिएको छ। सोही परिसरमा सञ्चालनमा रहेको माई सि जलविद्युत आयोजना (५.१ मेगावाट) भने सामान्य रूपमा सञ्चालनमै रहेको कम्पनीले जनाएको छ।
उक्त क्षतिग्रस्त संरचनाको मर्मत तथा आवश्यक सुधार कार्य तीव्र रूपमा अघि बढाइने र मर्मत सम्पन्न भएपछि पुनः विद्युत उत्पादन सुरु गरिने जानकारी कम्पनीले दिएको छ।
कम्पनीले आयोजनाबाट हुने विद्युत उत्पादन पुनः सुचारु भएपछि थप जानकारी सार्वजनिक गरिने समेत जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।