शुक्रबार, जेष्ठ १,२०८३ 02:33:53
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:33:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाईफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ जना अभिकर्ताहरु सम्मानित

Laxmi Sunrise Bank Limited
नेशनल लाईफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ जना अभिकर्ताहरु सम्मानित
Shivam Cement

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुढानिलकण्ठ काठमााण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उक्त अवार्ड कार्यक्रम सम्पन्न गरेको हो ।  

उक्त कार्यक्रममा नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले उत्प्रेरणा तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरुको वृत्तिविकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टाछुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्य नीति बनाउनु पर्ने बताए ।  

Bizshala
New Office
CG Motors

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खाँदाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल भएका अभिकर्ता सञ्जालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए ।  

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेशस्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार काठमाण्डौमा बागमति प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । साथै उनले यस अघि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी दिए ।

कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमति प्रदेश प्रमुखद्धय जयराम धिताल, घनश्याम रिमाललगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X