बुधबार, आश्विन २८,२०८३ 11:49:52
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 11:49:52
Bizshala
Global IME Bank Limited

जोखिममा आधारित पूँजी कार्यान्वयनमा आइपर्ने समस्या समाधान गर्न र सहजीकरण गर्न तयार छौं: अध्यक्ष सिलवाल

Bizshala
जोखिममा आधारित पूँजी कार्यान्वयनमा आइपर्ने समस्या समाधान गर्न र सहजीकरण गर्न तयार छौं: अध्यक्ष सिलवाल
New Office

काठमाण्डौ । नेपाल बीमाप्राधिकरका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणद्वारा बुधबार केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।  

अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू परम्परागतरूपमा नभई आधुनिक समय अनुसार अघि बढ्नुपर्छ, कम्पनीको सक्षमता बढाउन र विश्व बजारमा विश्वास अभिवृद्धि गर्न पनि बीमा कम्पनीहरूले आरबीसी लागू गर्नुपर्छ, आरबीसी पूर्णरूपमा कार्यान्वयन गर्नका लागि कम्पनीका व्यवस्थापनले जनशक्तिको क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले आरबीसीको कार्यान्वयनआफ्नै लागि हो भन्ने बुझेर सोही अनुसार काम गर्नुपर्ने उल्लेख गर्दै नेपाल बीमक सङ्घले कम्पनीका फरकफरक समस्याहरू सङ्कलन गरेर प्राधिकरणमा प्रस्तुत गरेमा छलफल गरी समाधान निकाल्न सहज हुने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आरबीसी कार्यान्वयन सम्बन्धी प्रस्तुती गर्दै प्राधिकरणले पर्याप्त अध्ययन र गृहकार्य गरेर आरबीसी कार्यान्वयनमा ल्याएको बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

निर्देशक सुवेदीले गत २०८० साल साउन १ गतेदेखि अन्तरिम रूपमा कार्यान्वयनमा आएको आरबीसी आगामी २०८४ साल साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने जानकारी दिए ।  

आरबीसी कार्यान्वयनमा आएका अन्तरिम वर्षहरू बीमा कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको मितिले १२० दिनभित्र र पूर्णरूपमा कार्यान्वयमा आएपछिका वर्षमा आर्थिक वर्ष समाप्त भएको मितिले ९० दिनभित्र जोखिममा आधारित पूँजीसम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने उल्लेख गर्दै निर्देशक सुवेदीले प्राधिकरणले पनि आरबीसीकै मापदण्डका आधारमा कम्पनीहरूको मूल्याङ्कन गर्दै जाने स्पष्ट गरे ।

नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्रीले आरबीसी कार्यान्वयन कार्यक्रममा भूकम्प तथा बाढी पहिरो जस्ता जोखिमका बीमाशुल्कका बारेमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउदै आरबीसी कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत, वित्त विभाग प्रमुख र जोखिम व्यवस्थापन विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.