काठमाण्डौं। अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज दोहोरो अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर मार्फत नियाल्दा आज नेप्से बोलिङ्गर ब्याण्डको अपर ब्याण्डसँगै चलेको छ । यसले बजार विस्तारै अप ट्रेन्ड जाँदै गरेको बुझिन्छ ।
आज बजार अघिल्ला दिनको उच्च विन्दु २१५० भन्दा माथि बन्द हुनुले पनि बजारले माथिको गति लिदैं गरेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर नै बनेको छ । हिस्टोग्राम सकरात्मक र लामालामा हुँदै गएका छन् ।
आरएसआई पनि बुलिस ट्रेन्ड नै रहेको छ । इचिमोकूमा पनि बजार बुलिस देखिन्छ । क्लाउड पोजिसन रातोबाट हरियो बनेको छ । मुल्य रेखाहरु पनि क्लाउड पोजिसन माथि चलेका छन् । बेस लाइनललाइ कन्भर्जन लाइनले तलबाट काटेको छ । समग्रमा बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार क्रमशः बुलिस बन्दै गरेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।