काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको यो सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ निर्धारण गरिएको छ ।
बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन पेश गर्ने अन्तिम मिति असार ३० गते रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।