काठमाण्डौ। विगत १० वर्षमा भारतको अर्थतन्त्रमा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा देशमा करोडपतिको संख्या झण्डै दोब्बर भएको छ।
तर भारतमा भन्दा तीन देशमा करोडपतिको जनसंख्या बढेको छ। पछिल्लो १० वर्षमा देशको अर्थतन्त्र द्रुत गतिमा बढेको छ र यससँगै देशमा धनी व्यक्तिको संख्या पनि तीव्र गतिमा बढेको छ।
हेन्ले प्राइभेट वेल्थ माइग्रेसन रिपोर्टका अनुसार सन् २०१३ देखि २०२३ सम्म भारतमा करोडपतिको संख्या ८५ प्रतिशतले बढेको छ। करोडपति भन्नाले १० लाख डलर वा सोभन्दा बढी भएको व्यक्तिलाई जनाउँछ।
तथ्याङ्कका अनुसार सन् २०१३ देखि २०२३ को बीचमा भारतको तुलनामा तीन देशमा करोडपतिको संख्या द्रुत गतिमा बढेको छ। समा भियतनाम, चीन र मौरिसस पर्छन्।
यद्यपि भियतनाम र मौरिससको जनसङ्ख्या भारतको तुलनामा निकै कम छ। भियतनामको जनसङ्ख्या ९.८२ करोड र मरिससको मात्र १२.६ लाख छ।
सन् २०१३ र २०२३ को बीचमा भियतनाममा करोडपतिको संख्या ९८ प्रतिशतले बढेको छ। चाइना प्लस वन नीति अन्तर्गत धेरै कम्पनीहरु चीनबाट बाहिरिएका छन् र भियतनामले यसको फाइदा उठाएको छ।
यी दश वर्षमा चीनमा करोडपतिको संख्या ९२ प्रतिशतले बढेको छ भने हिन्द महासागरको टापु देश मोरिससमा ८७ प्रतिशतले करोडपतिको संख्या बढेको छ।
भारत ८५ प्रतिशतका साथ यो सूचीमा चौथो स्थानमा छ । युएई ७७ प्रतिशतका साथ पाँचौँ, माल्टा (७४ प्रतिशत) छैटौँ, मोनाको (६८ प्रतिशत) सातौँ, सिंगापुर (६४ प्रतिशत) आठौँ, अमेरिका (६२ प्रतिशत) नवौँ र न्युजिल्यान्ड (४८ प्रतिशत) दशौँमा छन्।