काठमाण्डौ । तनहुँबाट स्रोत नखुलेको १२ लाख नगदसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका–३ दुर्गामन्दिरबाट स्रोत नखुलेको १२ लाख नगदसहित २ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हाल काठमाण्डौ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेका छन् । प्रहरीले दुवैजनालाई काठमाण्डौबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा नगदसहित पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।