बिहीबार, आश्विन ८,२०८३ 04:19:14
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 04:19:14
Bizshala
Global IME Bank Limited

महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारी कुटिए, कार्यालय बन्द, त्रासमा कर्मचारी

Bizshala
महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारी कुटिए, कार्यालय बन्द, त्रासमा कर्मचारी
New Office

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको संखुवासभा शाखा कार्यालय मादीका इन्चार्जसहित दुई कर्मचारी कुटिएका छन्। विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र त्यो जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट गरिएको विद्युत् प्राधिकरण शाखा संखुवासभाले जनाएको छ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यालयका अनुसार इन्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटिएका हुन्। कुटपिटको आरोपमा मादी नगरपालिका-४, ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गालीगलौज, हातपात र कुटपिट गरिएको थियो। स्थानीय लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको जनाएको छ। कर्मचारीमाथि कुटपिटपछि मादीस्थित शाखा कार्यालय साउन १५ देखि बन्द छ।

उक्त कार्यालयमा ६ कर्मचारी कार्यरत छन्। शाखा कार्यालय बन्द गरिँदा सेवाग्राही मारमा परेका छन्। कुटपिटपछि कर्मचारी त्रासमा छन्। कार्यालय बन्द गरेर उनीहरू सदरमुकाम आएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.