काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले कागेश्वरी मनोहरामा सञ्चालित लाइभ बेकरीलाई २ लाख रुपैयाँ जरिवान तिराएको छ । साउन २८ गते अनुगमनमा गएको विभागको टोलीले लाइभ बेकरीलाई २ लाख जरिवाना तिराएको हो ।
विभागको अनुगमन टोलीले उक्त बेकरीले रिलेबलङि गरेको, गुणस्तर, परिमाण, मूल्य तथा नापतौलमा समेत हेरफेर गरेको पाएपछि कारवाही स्वरुप जरिवाना रकम तिराएको हो ।
यस्तै विभागले उक्त दिन नै गरेको अर्को अनुगमनमा गौरङ सारिज प्रालि र पिटस्टक इनकर्पोरेटेड प्रालिलाई पनि ५०/५० हजार जरिवाना तिराएको छ ।