आईतवार, बैशाख ७,२०८२ 12:40:48
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 12:40:48
IME remit
Global IME Bank Limited

रक्षाबन्धनमा तोडियो बिक्रीको कीर्तिमान

Hyundai Nepal
रक्षाबन्धनमा तोडियो बिक्रीको कीर्तिमान
Nabil Bank Limited

काठमाण्डौ। आज रक्षाबन्धन हो। आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ। रक्षाबन्धनलाई चाडपर्वको सुरुवात पनि मानिन्छ। चाडपर्वको सिजनमा अनलाइन किनमेल निकै बढ्छ। यो सिजन दीपावलीपछि सम्म रहने गर्दछ। सिजनको सुरुमै अनलाइन बिक्रीको पुराना रेकर्ड तोडिएको छ। भारतीय क्विक कमर्स कम्पनी ब्लिंकिटका संस्थापक अलबिन्दर ढिन्डसाले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरमा एक पोस्ट मार्फत केही बिक्री तथ्याङ्कहरूसार्वजनिक गरेका छन्। यी तथ्याङ्कका अनुसार ब्लिङ्किटले रक्षा बन्धनको एक दिनअघि आइतबार नै अनलाइन बिक्रीको नयाँ रेकर्ड बनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

अल्बिन्दरले आइतबार राति ९:४३ बजे यो पोस्ट गरेका हुन्। जसमा उनले यसपटक राखी बिक्रीमा नयाँ कीर्तिमान बनाएको बताएका छन्। यो पोस्ट हालसम्म करिब एक लाख मानिसले पढिसकेका छन्। ९ सयभन्दा बढी प्रयोगकर्ताहरूले यो पोस्टलाई लाइक गरेका छन् र लगभग छण् जनाले यसलाई पुन:पोस्ट गरेका छन्। 

यस बाहेक १५ भन्दा बढी प्रयोगकर्ताले पनि आफ्नो प्रतिक्रिया दिएका छन्। एक प्रयोगकर्ताले लेखेका छन् कि उनी त्यो दिनको पर्खाइमा छन् जब औषधि पनि २० मिनेटमा डेलिभर हुनेछ।

अल्बिन्डरले आफ्नो पोस्टमा लेखेका छन् कि हामी केही मिनेटमा एक दिनमा धेरै अर्डरको रेकर्ड तोड्न गइरहेका छौं। प्रति मिनेट अर्डरको नयाँ आंकडा पनि छोइसकेको उनले लेखेका छन्। यसबाहेक एकै दिन चकलेटलगायत अन्य सामान बेचेर नयाँ कीर्तिमान बनाएको छ।  

१ मिनेटमै ६९३ राखी बिक्री

ब्लिन्किटले आइतबार राखी प्रति मिनेट बेच्ने कीर्तिमान पनि बनाएको छ। ब्लिन्किटले प्रतिमिनेट ६९३ राखी बिक्री गरेको जुन नयाँ कीर्तिमान रहेको अल्बिन्दरले आफ्नो पोस्टमा लेखेका छन्। उनले आफ्नो सेवामा विश्वास गरेकोमा सबै ग्राहकहरुलाई धन्यवाद दिए। विशेष गरी ती ग्राहकहरू जसले आइतबार आफ्नो पहिलो अर्डर राखेका थिए। उनले सबैलाई रक्षा बन्धनको शुभकामना समेत दिएका छन्।

उनले अन्तर्राष्ट्रिय सेवा पनि सुरु गरेको छ। विदेशमा बस्ने मानिसहरूले भारतको लागि आफ्नो अर्डर बुक गर्न सक्छन्। १० मिनेटमा अर्डर डेलिभर हुने कम्पनीको दाबी छ। अमेरिका, क्यानडा, नेदरल्याण्ड, जर्मनी, फ्रान्स र जापानमा बसोबास गर्नेहरूले भारतमा बस्ने आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई राखी वा उपहार अर्डर गर्न सक्छन्।

यो सुविधा भदौ १९ गतेसम्म मात्र उपलब्ध छ। अल्बिन्डरले ट्वीटर मा एक पोस्टमा भने कि यो सेवा सुरु भएको केही घण्टा भित्र कम्पनीले अमेरिकाबाट ९० प्रतिशत भन्दा बढी अर्डर प्राप्त गरेको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.