शुक्रबार, असार १३,२०८२ 02:29:18
  • शुक्रबार, असार १३,२०८२ 02:29:18
Global IME Bank Limited

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने

Hyundai Nepal
सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ गते बसेको संस्थाको सञ्चाल समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी फागुन १९ गते तनहँ बन्दीपु्रमा रहेको मस्र्याङदी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

 उक्त सभामा सबैको लघुवित्त र साधना लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि भएका सम्पूर्ण निर्णयहरु तथा समति गठनहरुलाई  अनुमोदन गरिनेछ ।  

यस्तै संस्थाको सञ्चालक समितिले साधना लघुवित्तसँग १ः१ अन्पात स्वाप रेसियोमा मर्जरमा जाने निर्णयलाई पारित गरिनेछ । दुई लघुवित्त गाभिएर बन्ने नयाँ नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अनुमोदन गर्न र सोहि नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.