बिहीबार, आश्विन ३,२०८१ 07:29:07
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:29:07
IME remit
Global IME Bank Limited

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्दा खुसी छौं: अध्यक्ष ढकाल

Hyundai Nepal
सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्दा खुसी छौं: अध्यक्ष ढकाल
Nabil Bank Limited

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्ति गरेका छन्। बुधबार सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले सरकारले निजी क्षेत्रलाई महत्व दिएको महशुस भएको बताए। अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय सकारात्मक रहेको उल्लेख गरे।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उनले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रस्ताप एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनैपनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या निकै कम हुने र आर्थिक वृद्धिमै असर पर्ने उल्लेख गरे।

उनले सरकारले बजेटमा नै स्टार्टअपका विषयमा कार्यक्रम राख्न सुरु भएको करिव एक दशक पछि स्टार्टअप परिभाषित भएको भन्दै प्रभावकारी कार्यान्वयन हुने र आवश्यकता भएका युवाहरुसम्म यो रकम पुग्ने विश्वास रहेको बताए। उनले सरकारले यस पटकको बजेटमा एक अर्ब २५ करोड रुपैयाँ स्टार्टअपलाई अनुदान प्रदान गर्न छुट्याएको बताए।

उनले युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरु स्थापना गर्नुपर्ने भन्दै त्यसको शुरुवातका रुपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया सुरु गरेको उनको भनाइ छ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.