शुक्रबार, आश्विन ४,२०८१ 04:26:45
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 04:26:45
IME remit
Global IME Bank Limited

संसद भवनमा मुसाको आतङ्क, नियन्त्रण गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन

Hyundai Nepal
संसद भवनमा मुसाको आतङ्क, नियन्त्रण गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन
Nabil Bank Limited

काठमाण्डौ। पाकिस्तानको संसद्‌मा नयाँ समस्या उत्पन्न भएको छ। तर त्यो समस्याको राजनीतिसँग कुनै सम्बन्ध छैन।देशको संसद्‌ भवनमा मुसाको प्रकोप देखा परेको छ। जनप्रतिनिधिहरू भेला हुने र छलफल गर्ने ठाउँमा ठूलाठूला मुसा देखेर नवप्रवेशीहरू तर्सिन्छन्।

मुसाको प्रकोप कति ठूलो रहेछ भन्ने कुराको भेउ एउटा समितिले सन् २००८ का बैठकहरूको अभिलेख खोज्न लगाउँदा पाइएको हो। अभिलेखहरू सङ्कलन गर्ने क्रममा अधिकांश कागजपत्र मुसाले काटेको अवस्थामा फेला परेका थिए। 

‘यो तलामा मुसाहरू यति ठूला छन् कि तिनलाई देखेर बिरालाहरू पनि डराउँछन्,’ पाकिस्तानको तल्लो सदन न्याश्नल असेम्ब्लीका प्रवक्ता जफर सुल्तानले भने। इस्लामाबादमा अरू सरकारी भवनमा पनि मुसाको आतङ्क छ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

मुसा नियन्त्रण गर्न बजेट

प्रकोप यति ठूलो छ कि संसद्‌ भवनमा भएका सभाकक्षहरूलाई मुसामुक्त पार्न भनेर १२ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ। उक्त भवनको पहिलो तलामा धेरै मुसा बसेको देखिन्छ। उक्त तलामा माथिल्लो सदन सिनेटका प्रतिपक्षी दलका नेताको कार्यालय र अधिकांश दल तथा स्थायी संसदीय समितिहरूका बैठक हुने सभाकक्षहरू छन्।

मानिसहरूको चहलपहल नघटेसम्म मुसाहरू लुकेरै बस्छन्। ‘साँझपख मानिसहरू नभएको बेला मुसाहरू म्याराथन चले झैँ गरेर कुद्न थाल्छन्,’ संसद्का एक अधिकारीले भने। ‘यहाँका कर्मचारीहरू अभ्यस्त भइसके तर पहिलो पटक आउने मानिसहरू तर्सिन्छन्,’ उनले भने।

मुसा नियन्त्रण गर्ने उद्देश्यले संसद् भवनको मर्मतसम्भार गर्ने जिम्मा पाएको निकायले पाकिस्तानका विभिन्न पत्रिकामा मुसा मार्ने र समात्ने कामका लागि विज्ञापन दिएको छ। जसमा अहिलेसम्म दुइटा कम्पनीले मात्र त्यसमा रुचि देखाएका छन्। -एजेन्सी

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.