आईतवार, बैशाख ७,२०८२ 09:55:37
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 09:55:37
IME remit
Global IME Bank Limited

आईडिया पिचिङको विशेष शो कान्तिपुर टिभीबाट प्रशारण हुने

Hyundai Nepal
आईडिया पिचिङको विशेष शो कान्तिपुर टिभीबाट प्रशारण हुने
Nabil Bank Limited

काठमाण्डौ। आइसिटी अवार्ड २०२४ को ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन हुने भएको छ। भदौ ५ गते बुधबार यस सम्बन्धि सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुप र आइसिटी अवार्डबीच हस्ताक्षर भएको हो। सम्झौतासँगै आइसिटी अवार्डका उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाका प्रतिस्प्रधीहरुको ग्राण्ड जुरी सेसनमा हुने प्रस्तुति तथा पिचिङलाइ टेलिभिजनमा प्रशारण गरिने जनाइएको छ।

अवार्ड कार्यक्रमका प्रि-इभेन्ट र यसले सिर्जना गरेको इम्प्याक्ट समावेश गरी ५ बढी एपिसोड प्रशारण हुनेछ।  यसैगरी पुष ५ गते हुने ग्राण्ड फिनाले कार्यक्रमको प्रत्यक्ष प्रशारण पनि टेलिभिजनमार्फत हुनेछ। टेलिभिजन कार्यक्रम कात्तिक अन्तिम सातादेखि पुस पहिलो हप्तासम्म साप्ताहिक रुपमा सञ्चालन हुनेछ।

स्टार्टअप, इन्नोभेसनलाइ प्रवर्धन र इकोसिस्टम विकासको लागि टेलिभिजनसँग सहकार्य गरेको बताए। आइसिटी अवार्डलाइ अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले आयोजकले सन् २०२२ देखि साउथ एसिया स्टार्टअप आइसिटी अवार्डको पनि आयोजना गर्दै आइरहेको छ।

Shivam Cement
Bizshala
CG Motors

आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड कार्यक्रम हो। आइसिटी अवार्डले नेपालको डिजिटल क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन तथा महत्त्वपूर्ण योगदान दिएकालाई सम्मान गर्दै आएको छ। फिनालेमा नेपालभित्र विभिन्न १४ विधा र दक्षिण एसियाका देशहरूलाई समेटेर साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड वितरण हुनेछ। 

१४ बढी बिज्ञ जुरी समिति र १२ जना बढीको विशिष्ट सल्लाहकार समित रहेको यस अवार्डमा विद्यार्थीदेखि सरकारी सस्थांसम्मले विभिन्न विधामा निमिनेसन दर्ता गर्न सक्नेछन्। नोमिनेसन यहीँ भदौ १५ गतेसम्म संचालन हुनेछ। अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरुलाई समावेश गरिएको छ।

यस अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन्। यी विधाहरुमा स्वंम प्रतिस्पर्धी आफैँले आवेदन दर्ता गर्नुपर्नेछ। क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ। 

यस विधा अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन्। यी विधाहरुमा स्वंम आफैँ वा अरु कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने बताइएको छ। 

यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन छनौट गरिने पनि आइसिटीले जनाएको छ। यस अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरु रहेका छन्। 

अवार्डको प्रि इभेन्टको रुपमा टेलिभिजन सो सँगै स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प, इन्डस्ट्री भिजिट लगायतका १० बढी कार्यक्रमहरु सञ्चालन हुने जनाइएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.